Sep 20 2024 | २०८१, असोज ४ गते

राष्ट्र बैंकको प्रवक्तामा पौडेल, कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी

राष्ट्र बैंकको प्रवक्तामा पौडेल, कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
  • राष्ट्र बैंकको प्रवक्तामा पौडेल, कार्यकारी निर्देशक भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन् । २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन् ।

    images
    images

    अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका पौडेल हाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागमा कार्यकारी निर्देशक छन् ।

    योसँगै यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा.गुणाकरण भट्टलाई अनुसन्धान विभाग पठाइएको छ ।  

    राष्ट्र बैंकको अनुसन्धान विभाग निकै महत्वपूर्ण विभागको रुपमा रहेको छ । यसअघि यस विभागको नेतृत्वमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै प्रवक्ता डा.भट्टलाई अनुसन्धान विभागको नेतृत्व प्रदान गरिएको हो । उसो त यसअघि नै डा.भट्टले अनुसन्धान विभागको नेतृत्व सम्हालिसकेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट