गृहमन्त्री, गृहसचिव र आइजिपीसँग छलफल गर्दै सहकारी सम्बन्धी विशेष समिति
गृहमन्त्री, गृहसचिव र आइजिपीसँग छलफल गर्दै सहकारी सम्बन्धी विशेष समिति
सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिमा गृहमन्त्री रमेश लेखक सहभागी भएका छन्।
सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालय समितिको बैठकमा विशेष समितिको बैठक जारी छ।
उक्त बैठकमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएका छन्। बैठकमा गृहमन्त्री लेखकसँगै गृहसचिव एकनारायण अर्याल, आइजिपी बसन्तबहादुर कुँवर लगायत पदाधिकारी छन्।
विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ।