Sep 20 2024 | २०८१, असोज ४ गते

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
  • संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजे बस्ने

    काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ । आज बिहान ११ः३० बजे तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

    images
    images

    समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । 

    संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट