Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्रीलाई संसदीय छानविन समितिको निर्देशन : रकम अपचलन गरेर देश–विदेशमा फरार रहेकालाई चाँडो पक्राउ गर्नू

गृहमन्त्रीलाई संसदीय छानविन समितिको निर्देशन : रकम अपचलन गरेर देश–विदेशमा फरार रहेकालाई चाँडो पक्राउ गर्नू

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
  • गृहमन्त्रीलाई संसदीय छानविन समितिको  निर्देशन : रकम अपचलन गरेर देश–विदेशमा फरार रहेकालाई चाँडो पक्राउ गर्नू

    काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

    images
    images

    ‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ’, बैठकपछि सभापति सूर्यबहादुर थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ । सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।’ समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको छ । बैठकमा गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको पनि सभापति थापाले जानकारी दिए । 

    भोलि बस्ने समितिको बैठकमा  सकारात्मक ढंगले सञ्चालन भइरहेका सहकारी सञ्चालकहरुलाई छलफलका लागि बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट