Sep 17 2024 | २०८१, असोज १ गते

अल्फा क्यापिटल लिमिटेडले आइ.पी.ओ. जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

अल्फा क्यापिटल लिमिटेडले आइ.पी.ओ. जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
  • अल्फा क्यापिटल लिमिटेडले आइ.पी.ओ. जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

    काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आइ.पी.ओ. जारी गर्ने भएको छ । आइ.पी.ओ. निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

    images
    images

    उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । 

    यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, 'अल्फा क्यापिटलले आइ.पी.ओ. जारी गर्ने तयारी गरेको छ । आइ.पी.ओ. निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रो लागि खुशीको कुरा हो ।'

    यस्तै, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सहज र सफल तरिकाले अल्फा क्यापिटलको आइ.पी.ओ. निष्कासन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । 'यो आइ.पी.ओ. निष्कासन प्रक्रियामा एनएमबि क्यापिटलले सहज र व्यावसायिक ढंगले भूमिका निर्वाह गर्नेछ, ' उनले भने ।  

    अल्फा क्यापिटल सफल व्यावसायिक तथा उच्च वृद्धि सम्भावना भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ । आइ.पी.ओ. जारी गरेर पूंजी बजारमा सूचीकृत भएपछि कम्पनीको दायरा, क्षेत्र र जिम्मेवारी अझै विस्तार हुने विश्वास लिइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार