Sep 17 2024 | २०८१, असोज १ गते

एन आई सी एशिया बैंक PCI-DSS v4.0  भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

एन आई सी एशिया बैंक PCI-DSS v4.0  भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
  • एन आई सी एशिया बैंक PCI-DSS v4.0  भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

    काठमाडौँ । एन आई सी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी यस बैंक PCI-DSS v4.0  भर्सनमा स्तरोन्नती भएको छ । बैंकले आफ्नै EFT Switch  सञ्चालन गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 भर्सनबाट PCI-DSS v4.0  भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

    images
    images

    बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै EFT Switch द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (VISA र Mastercard) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी,ATM, POS eCommerce जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि VISA, Mastercard, China UnionPay स्वीकार गर्दछ ।  

    यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले Panacea Infosec Pvt. Ltd. लाई नियुक्त गरेको थियो ।

    यसैको फलस्वरुप, आफ्नै EFT Switch को शुरुवात गरेसँगै बैंकले PCI DSS v3.2.1 प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच शुरुवात गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 बाट 4.0 भर्सनमा स्तररोन्नती भएको छ । यस पुनः प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार