images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कृषिमन्त्री अधिकारी र नेपालका लागि भारतिय राजदुत श्रीवास्तव वीच भेटवार्ता  

कृषिमन्त्री अधिकारी र नेपालका लागि भारतिय राजदुत श्रीवास्तव वीच भेटवार्ता  

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ७ २०८१
  • कृषिमन्त्री अधिकारी र नेपालका लागि भारतिय राजदुत श्रीवास्तव वीच भेटवार्ता  

    काठमाडौँ। कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारी सँग नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरवार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले भारतले नेपालको कृषि क्षेत्रमा पुर्याउदै आएको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे ।

    images
    images
    images

    कृषि अनुसन्धान ,प्रविधि हस्तान्तरण र  क्षमता कार्यक्रमहरुमा भारत  सरकार सँगको  निरन्तरको  सहकार्यले नेपालको  कृषि उत्पादनहरुमा गुणस्तर  र परिमाण दुवैमा सुधार ल्याएको  छ— मन्त्री अधिकारीले  भने । मन्त्री अधिकारीले  नेपालको कृषि उत्पादन भारतीय बजार सम्म  सहज पँहुच पुर्याउन सहजीकरण गरिदिन  पनि राजदुत समक्ष आग्रह गरे ।

     सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुई देशवीचको  सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको  उल्लेख गर्दे मन्त्री अधिकारीले पशु र  पन्छीमा देखिएका विभिन्न रोगहरुको  रोकथाम तथा कृषि उपजको आयात निर्यातका लागि सीमा क्षेत्रमा थप क्वारेन्टाइनको  व्यवस्थ गर्न आवश्यक रहेको  वताए ।  

    सरकार सरकार  तवरवाट मल खरिदमा केही समस्या र चुनौतीहरु आएको  भन्दै मन्त्री अधिकारीले खरिद  प्रकृयालाई सरल  , सहज र  प्रभावकारी वनाउन राजदुत समक्ष आग्रह पनि गरे ।  भेटवार्तामा भारतीय राजदुत श्रीवास्तवले  नेपालको  कृषि क्षेत्रमा भारतले विगत देखिनै सहयोग  गर्दे आएको  उल्लेख  गर्दे नेपालको  चाहना अनुसार  आगामी दिनमा सहयोग बृद्धि गर्न भारत ईच्छुक रहेको  वताए ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार