Sep 28 2024 | २०८१, असोज १२ गते

नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
  • नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

    धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे- नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ ।

    images
    images

    धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध  बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध  हुँदा सवारीसाधन रोकिएका छन् ।

    काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार