Sep 28 2024 | २०८१, असोज १२ गते

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई थप एक साता थुनामा राख्न अनुमति

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई थप एक साता थुनामा राख्न अनुमति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
  • सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई थप एक साता थुनामा राख्न अनुमति

    पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशी थप सात दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत कास्कीले आज जोशीलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images
    images

    मुलुक बाहिर जान लागेको सूचनाका आधारमा अदालतबाटै पक्राउ पुर्जी लिएर जोशीलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको थियो । उनको सरकारी वकिलको कार्यालयमा बयान लिनेक्रम जारी छ ।

    जोशीलाई सुरूमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । तर अनुसन्धान नसकिएपछि शुक्रबार सात दिन म्याद थप गरिएको हो ।

    गृहमन्त्री रमेश लेखकको निर्देशनपछि प्रहरीले जोशी माथि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

    संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार