images

Sep 28 2024 | २०८१, असोज १२ गते

देशका १०१ स्थानमा सतर्कता तहभन्दा धेरै पानी, नदी किनारका बस्ती जोखिममा

देशका १०१ स्थानमा सतर्कता तहभन्दा धेरै पानी, नदी किनारका बस्ती जोखिममा

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज १२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज १२ २०८१
  • देशका १०१ स्थानमा सतर्कता तहभन्दा धेरै पानी, नदी किनारका बस्ती जोखिममा

    तीन दिनदेखि देशैभर अविरल झरी परिरहेको छ भने मौसमविद्ले आइतबारसम्मै पानी पर्ने देखिएको उल्लेख गरेका छन्।

    images
    images
    images

    देशका कयौं स्थानमा अस्वाभाविक पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका १०१ वर्षा मापन केन्द्रमा सतर्कता तहभन्दा धेरै पानी परेको छ।

    शनिबार बिहान ६ः२० को मापनअनुसार, २६९ स्वचालित वर्षा मापन केन्द्रमध्ये १०१ वटामा सतर्कता तहभन्दा धेरै पानी परेको रेकर्ड भएको हो।
    विभागले एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्नेगर्छ। पछिल्लो २४ घण्टामा पाल्पामा सबैभन्दा धेरै ३५२.२ मिलिमिटर पानी परेको छ।

    त्यस्तै, मकवानपुरको दामनमा ३३०.४ मिलिमिटर, काभ्रेको खोपासीमा ३१५ मिलिमिटर पानी परेको छ। ललितपुरको लेलेमा २८९.६ मिलिलिटर पानी परेको छ।

    जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी सूचना निकालेर पूर्वमा अरुण नदीदेखि पश्चिममा बाणगंगा (कपिलवस्तु) सम्मका नदी जलाधार क्षेत्रमा सचेतता अपनाउन चेतावनी दिएको छ। सुनकोशी र बागमती लगायतका नदी खतरास्तरभन्दा माथि पुगिसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार