Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको  र्‍याली दरबारमार्ग पुग्यो

    काठमाडौँ । नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।  

    images
    images
    images

    र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको थियो ।  

    HariramBhetuwal-KTM-7IMG_4917copy.jpg

    एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे । 

    सभामा विभिन्न स्थानबाट र्‍याली याली आउनेक्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले दिउँसो १:३० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट