Feb 04 2025 | २०८१, माघ २२ गते

images
images

म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
  • म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

    म्यानमाको एक विद्रोही समूहले शुक्रबार आफ्ना सदस्यहरूले देशको पश्चिमी सिमानामा नियन्त्रण कायम राख्न सत्तारूढ जुन्तासँग लडिरहेको बेला घातक हिंसाको दुर्लभ स्वीकार गर्दै दुई कैदीको हत्या गरेको बताएको छ ।

    images
    images
    images

    गत वर्षको फेब्रुअरीमा रखाइन राज्यको क्युकताउ बस्तीमा अराकान आर्मी (एए) को आक्रमणका क्रममा ‘सैन्य अनुशासन उल्लङ्घन’ गरेको घटना भएको आतङ्कवादी समूहका प्रवक्ता खैङ थु खाले बताए ।

    “हाम्रा स्थानीय (एए) मिलिसियाहरूले आफ्नो क्रोध नियन्त्रण गर्न सकेनन् र म्यानमाका आतङ्कवादी सेनाका  सिपाहीहरूले उनीहरूका परिवारलाई अन्यायपूर्वक पक्राउ गरी, यातना दिई र हत्या गरेको प्रतिशोधमा अपराध गरे”, उनले भने ।

    सामाजिक सञ्जालमा प्रसारित दुई मिनेटको भिडियो क्लिपमा केही एए वर्दी लगाएका र हतियार बोकेका लगभग सात जना मानिसले भुइँमा रहेका दुई सर्टविहीन मानिसलाई लात हानेको र कुटपिट गरेको देखिन्छ ।

    अर्को भिडियोमा तिनै कथित हत्याराहरूले खुकुरी जस्तो चक्कुले कैदीहरूको घाँटी काटेको देखिन्छ । खैङ थु खाले शुक्रबार भिडियोहरू प्रामाणिक भएको र अपराधीहरू एए जातीय सशस्त्र समूहका सदस्य भएको स्वीकार गरे ।

    म्यानमाको पश्चिममा रहेको रखाइन राज्य जातीय र धार्मिक विभाजनले ग्रस्त छ । सन् २०१७ मा सेनाले गरेको रक्तपातपूर्ण कारबाहीले करिब सात लाख ४० हजार रोहिङ्ग्या मुसलमानलाई सीमा पार गरेर बङ्गलादेश प्रवेश गर्न बाध्य पारेपछि यो राज्य विश्वको ध्यानाकर्षणमा आएको थियो ।

    सन् २०२१ मा लोकतान्त्रिक रूपमा निर्वाचित आङ सान सुकीको नागरिक सरकारविरुद्ध सैन्य जुन्ताले देशलाई नियन्त्रण लिएको थियो ।

    एएले जातीय रखाइन जनताका लागि थप स्वायत्तताको लागि लडिरहेको बताएको छ । यी जनसङ्ख्यालाई रोहिङ्ग्याको निष्कासनमा सेनालाई सहयोग गरेको पनि आरोप लगाइएको छ ।

    विद्रोही समूहले डिसेम्बरमा बङ्गलादेश सीमा नजिकैको एक प्रमुख क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको थियो । यसले देशभर विपक्षीहरूसँग लडिरहेको जुन्तामाथि थप दबाब खडा गरेको छ ।

    मानवअधिकार सङ्गठन फोर्टिफाई राइट्सले बिहीबार प्रकाशित एक प्रतिवेदनमा हत्यासँग सम्बन्धित एएद्वारा गरिएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) लाई आह्वान गरेको छ ।

    खैङ थु खाले एएले घटनामा संलग्न सबैको पहिचान गरी दण्डित गरेको र समूहले गैरकानूनी हत्यालाई स्वीकार नगर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार