Feb 17 2025 | २०८१, फागुन ५ गते

images
images

थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २२ २०८१
  • थाइल्याण्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौँ । त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गतको आज थाइल्याण्डविरुद्धको खेल नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्याण्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिइन् । 

    images
    images
    images

    प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

    थाइल्याण्ड भने तीन वटै खेलमा अपराजितछ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । 

    आजको खेलमा नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट