Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

रवि लामिछाने चितवन अदालतमा उपस्थित

रवि लामिछाने चितवन अदालतमा उपस्थित

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
  • रवि लामिछाने चितवन अदालतमा उपस्थित

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । बयानका लागि लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन गएका थिए । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ ।  

    images
    images
    images

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

    साहारा सहकारी ठगीमा प्रकरणमा गत असोज ८ गते संस्थापक गीतेन्द्रबाबु (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना उल्लेख छ ।

    सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

    पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ५० लाख र १ करोड धरौटी बुझाएर छुटिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार