Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २३ २०८१
  • नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत

    काठमाडौँ । नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि पूजा महत्तोले सर्वाधिक ६२ रन योगदान दिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन । कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नट आउट रहिन् । 

    नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार