बञ्चरेडाँडामा अवरोध भएपछि काठमाडौं महानगरले भन्यो-घरबाट फोहर बाहिर ननिकाल्नू
बञ्चरेडाँडामा अवरोध भएपछि काठमाडौं महानगरले भन्यो-घरबाट फोहर बाहिर ननिकाल्नू
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमै सुरक्षित राख्न महानगवासीलाई आग्रह गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न आग्रह गरेको हो ।
महानगरपालिकाले भनेको छ, ‘काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ ।’

