images

Nov 14 2026 | २०८३, कात्तिक २८ गते

हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
  • हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित

    काठमाडौं। हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।आज हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो।

    टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनायो। सन्दीप जोराले अर्धशतक बनाए पनि राशिद खान र आदिल आलमले समान ११ रन जोड्दा लोकेश बमले १० रन मात्र जोडे।

    अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए। फरमनुल्लाह सफी ३० रनमा अविजित रहे। गुल्बादिन नाइबले २२ रन बनाए। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले १ विकेट लिए। नेपालले दोस्रो खेलमा भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार