Aug 12 2026 | २०८३, साउन २७ गते

गोवा नाइट क्लब आगलागी : चार जना नेपालीको मृत्यु भएको पुष्टि

गोवा नाइट क्लब आगलागी : चार जना नेपालीको मृत्यु भएको पुष्टि

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
  • गोवा नाइट क्लब आगलागी : चार जना नेपालीको मृत्यु भएको पुष्टि

    काठमाडौँ । भारतको गोवास्थित एक नाइट क्लबमा सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी नेपालीहरूको पनि मृत्यु भएको पुष्टि भएको छ ।

    images

    नाइट क्लबमा शनिवार आगलागीमा २५ जनाको मृत्यु भएको थियो । तीमध्ये २० जना काम गर्ने स्टाफ रहेको र ती स्टाफमध्ये चार जना नेपाली नागरिक रहेको गोवा पुलिसले जनाएको छ । यो घटनामा ज्यान गुमाउने नेपाली नागरिक चूर्ण बहादुर पुन, विवेक कटुवाल, सुदीप र सविनको रूपमा पहिचान भएको छ ।

    यी चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सम्पर्क गरी यी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ । ती मृतक नेपालीको नेपालको ठेगाना भने खुलाइएको छैन । 

    gowa_DaM45o0LVL.jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट