Sep 19 2024 | २०८१, असोज ३ गते

आपसी झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न छ जना पक्राउ

आपसी झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न छ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १६ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १६ २०७९
  • आपसी झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न छ जना पक्राउ

    धनुषा । मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भई भएको झै-झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images

    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट