Sep 19 2024 | २०८१, असोज ३ गते

प्रिमियम मूल्यमा आईपीओ आउँदै

प्रिमियम मूल्यमा आईपीओ आउँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १७ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १७ २०७९
  • प्रिमियम मूल्यमा आईपीओ आउँदै

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्कासन गर्ने  भएको छ ।  कम्पनीको पाँचौं वार्षिक साधारण सभाले साे निर्णय गरेकाे हाे । 

    images
    images

    सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ का लागि कम्पनीको लेखापरीक्षकमा श्री जोशी एन्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

    सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फुटी शेर्पा र अभिनव जंगबहादुर राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक श्रीमान् कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट