images

May 17 2024 | २०८१, जेठ ४ गते

ल्हारक्यालको नियुक्तिमा कांग्रेसकाे साथ !

ल्हारक्यालको नियुक्तिमा कांग्रेसकाे साथ !

एकातिर माओवादी र यिनका नेताहरू प्रचण्ड, नारायणकाजीहरू सुशासनको दुहाई दिइरहेका छन् । अर्कातिर त्यही सुशासनको खिल्ली उडाउँदै लामाजस्ता पात्रलाई राजकीय पदमा नियुक्ति दिइएको छ । यो माओवादीको दोहोरो चरित्र रहेकाे र  लामा एक जनाको नियुक्तिले प्रचण्ड सरकारले थालेको भुटानी शरणार्थी काण्ड, ललिता निवास, सुन तस्करीको प्रशंसा माटामा नमिसिएला भन्न सकिन्न ।

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • ल्हारक्यालको नियुक्तिमा कांग्रेसकाे साथ !

    विवादास्पद पात्र ल्हारक्याल लामाको लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिमा सत्तारुढ नेपाली कांग्रेसले साथ दिएकाे छ ।

    images
    images

    प्रधानमन्त्री प्रचण्डले क्याविनेटबाट लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गराउँदा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले कुनै विराेध नगरी अनुमाेदन गरेका छ । यसले माओवादीको मात्र नभई कांग्रेसको छविमा पनि प्रश्न उठेको छ ।

    यस विषयमा कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजानिक रूपमा स्पष्टीकरण अहिलेसम्म दिएका छैनन  ।

    सरकारमा कांग्रेसका दुई उपसभापतिसहित ९ जना मन्त्रीहरू छन् । कतिपय मन्त्रीले यो निर्णय आफूहरूलाई थाहै नभएको बताएका छन् । संस्कृतिमन्त्री सुदन किरातीले भने प्रधानमन्त्रीले उपप्रधानमन्त्रीहरू र मुख्य सचिवसँग सल्लाह गरेर नियुक्ति गरेको दाबी गरेका छन् ।

    लामा कुनै १–२ वटामा मात्र होइन, आधा दर्जन काण्डमा मुछिएका र भलै राज्यका ठूला पार्टीहरूको संरक्षणका कारण उनको करतुतहरूको गहिरो छानबिन हुन जरुरी रहेकाे जानकारहरुकाे बुझाइ छ ।

    कहिले मानव तस्करीमा ३० लाख धरौटीमा छुट्नु त कहिले बैंकको लकरमा गोली भेटिनु, अनि कहिले दोहोरो नागरिकता र भारतीय राशन कार्ड भेटिनुले लामाको छवि स्वच्छ नरहेको प्रस्ट छ । विवादकै कारण उनले नियुक्ति भएको १४ औं दिनमा अर्थ राज्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

    लामालाई सरकारले नियुक्ति जारी गरेपछि सत्तारुढ माओवादीका नेताहरुले विराेध गरिररहेका छन । जानकारहरुका अनुसार अहिले पनि यदि माओवादी आफ्नो फेस सेभिङ गर्न चाहन्छ भने उनलाई पदबाट हटाउनुपर्छ । अन्यथा लामाको त कुनै क्षति हुँदैन तर माओवादी र उसको सुशासनको नाराप्रतिको विश्वास टुट्नेछ ।

    एकातिर माओवादी र यिनका नेताहरू प्रचण्ड, नारायणकाजीहरू सुशासनको दुहाई दिइरहेका छन् । अर्कातिर त्यही सुशासनको खिल्ली उडाउँदै लामाजस्ता पात्रलाई राजकीय पदमा नियुक्ति दिइएको छ । यो माओवादीको दोहोरो चरित्र रहेकाे र  लामा एक जनाको नियुक्तिले प्रचण्ड सरकारले थालेको भुटानी शरणार्थी काण्ड, ललिता निवास, सुन तस्करीको प्रशंसा माटामा नमिसिएला भन्न सकिन्न ।

    काे हुन लामा ?

    लामा माओवादीको सुशासनको आइकन बन्नु दुर्भाग्य हो । लामा कसैका मान्छे होइनन् भन्नेमा उनको विगतले पुष्टि गर्छ । २०५८ मा खुमबहादुरका मान्छे बनेर नियुक्ति भए । २०६४ मा एमाले बनेर समानुपातिक सांसद बने । २०७० मा माओवादीलाई चन्दा दिएर माओवादीको सांसद बने । उनको पैसाको आडमा ठूला पार्टीका ठूला नेताहरू सबै नतमस्तक देखिनु रहस्यमय छ ।

    अब उनीमाथि गहिरोसँग अनुसन्धान थालिनुपर्छ । यस्ता विवादास्पद पात्रहरूको नियुक्तिले व्यवस्थाप्रति नै वितृष्णा पैदा गरेको छ । अझै हाम्रा नेताहरूमा कुनै चेत नआएको देखेर अचम्म लाग्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट