images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ

प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
  • प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ

    काठमाडौँ ।  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

    चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार