images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट

     काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ३१ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र भदौ १० गते बाँडफाँट गरेको हो ।

    images
    images
    images

    बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले ४८ हजार ३४० कित्ता ऋणपत्र थप गरी व्यक्तिगत तवरबाट आवेदन दिएका आवेदकहरूमा १२ लाख ४८ हजार ३४० कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो ।

     कम्पनीले कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र बाँडफाँट गरिएको जानकारी दिएको हो । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट