Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

    काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरूमार्फत स्वदेशी वस्तुहरूको निर्यात एवं प्रबर्द्धननलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरूको प्रबर्द्धन गर्न, पर्यटन प्रबर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

    images
    images
    images

    अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । 

    यसका लागि नेपाली दूतावासहरूले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने उनले बताए । परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरूको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ ।

    मन्त्री साउदले परिसंघले उठाएका विषयहरूलाई उच्च प्राथमिकतामा राख्ने बताए । छलफलमा परिसंघका उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार