images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा आउँदै

‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा आउँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा आउँदै

    काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा ल्याउने भएको छ । होटेल दशैँ अगाडि नै सञ्चालनमा ल्याउने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । 

    images
    images
    images

    ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो । सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टू फेस’ कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै न्यौपानेले उक्त जानकारी दिए ।

    स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो ।  

    रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् ।

    रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको  छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्ने छन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ ।

    चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमिङ पुल, मसाजसहितको स्पा पनि रहने छ ।

    रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

    ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट,  पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।

    यस्तै, ग्रुपले देशभर विभिन्न स्थानमा होटेल तथा रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार