images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

ढुसी लागेको कोकाकोला बजारमा, महानगर एक्सनमा, अरु नियामक निकाय रमिते !

ढुसी लागेको कोकाकोला बजारमा, महानगर एक्सनमा, अरु नियामक निकाय रमिते !

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • ढुसी लागेको कोकाकोला  बजारमा, महानगर एक्सनमा, अरु नियामक निकाय रमिते !

    काठमाडौं ।  ढुसी लागेको कोकाकोला  बजारमा भेटिएपनि काठमाडौं महानगरपालिका बाहेक अन्य नियामक निकाय कारबाही गर्नुकाे सट्टा रमिते बनेका छन । 

    images
    images
    images

    महानगरले त्यस्ताे कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    हालै भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो । उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

    महानगरका निरीक्षण अधिकृत डा. अवधेश झा भन्छन्, ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो ।’

    वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।

    काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेकाे कोकाकोला प्याक्ट्रीमा समेत अनुगमन गरेकाे थियाे । ढुसी परेको कोकाकोला भेटिएपछि  महानगरको गुणस्तरपरीक्षण विभागको टोलीले कोकाकोलाको प्याक्ट्रीमा अनुगमन गरेकाे नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

    ‘बजारबाट अखाद्य बस्तु मिसिएको कोकाकोला फेला परेपछि अनुगमनमा टोली गएकाे थियाे  । त्यहाँ समस्या देखिएन । विक्रेताले धेरै समय राखेर बेचेकाे पाइयाे  ’ उनले भने ।

    यसरी महनगरले एक्सन लिएतापनि अनुगमन तथा गुणस्तर परिक्षणकाे जिम्मेबारी पाएका सरकारी निकायहरु भने रमिते बनेका छन । उनीहरु कुनै एक्सन लिएन ।

    अखाद्य वस्तुकाे नियमन गर्ने नियमन गर्ने निकाय खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग हाे । अखाद्य वस्तु बेच्नेलाई खाद्य ऐन २०२३, कालोबजार गर्नेलाई उपभोक्ता संरक्षण ऐन २०५४, कालोबजार तथा सामाजिक अपराध ऐन २०३२, आवश्यक सेवा सञ्चालन ऐन २०१७ले कानुनी दायरामा ल्याउन सकिने व्यवस्था छ । प्रस्ट व्यवस्था हुँदाहुँदै नियामक निकायले त्यसै छाड्ने गरेकाे छ ।

     अहिलेसम्म नत त्यस्ताे वस्तु बेच्नेलाई खाद्यले कारबाही गरेकाे छ न त उत्पादकलाई नै । खाद्य विभागका एक उच्च अधिकारीले कतैबाट उजुरी आफूहरु कहाँ नआएकाले यसबारे कुनै कारबाही नगरिएकाे बताए । 

    यता, गुणस्तर तथा नापताैल विभाग पनि छ । विभागका निर्देशक संजिव कुमार ठाकुर यसबारे बुझन खाेज्दा उनी सम्पर्कमा आएनन । याे केशमा गुणस्तर विभागले पनि केही गरेकाे देखिदैन । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट