Sep 19 2024 | २०८१, असोज ३ गते

संविधान बमोजिम बन्नुपर्ने १८१ कानुन अझै बनेनन्

संविधान बमोजिम बन्नुपर्ने १८१ कानुन अझै बनेनन्

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • संविधान बमोजिम बन्नुपर्ने १८१ कानुन अझै बनेनन्

    काठमाडौँ । संविधान बमोजिम बन्नुपर्ने एक सय ८१ कानुन अझै बनेका छैनन ।

    images
    images

    संविधान बमोजिम बन्नुपर्ने कानुन अध्ययन प्रतिवेदन–२०८०  का अनुसार संविधान बमोजिम एक सय ८१ कानुन निर्माण गर्न बाँकी रहेका छन,  त्यसमध्ये ४० वटा कानुन तत्काल बनाउनुपर्ने रहेको छ ।

    सोमबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले उक्त प्रतिवेदन सदनमा पेस गरेकी थिइन् ।  

    उक्त प्रतिवेदन सर्वसम्मरूपमा स्वीकृत भएपछि सदस्यहरूले प्रतिवेदनमाथि छलफल गरेका छन् । संविधान कार्यान्वयन गर्न अत्यावश्यक  कानुन निर्माण गर्ने, सरकारलाई ध्यानाकर्षण गराउने र सरोकारवालाहरूलाई दायित्व बोध गराउने उद्देश्यले अध्ययन प्रतिवेदनको तयार  गरेको थियो ।  

    राष्ट्रिय सभाले संविधान कार्यान्वयसँग जोडिएका बन्न बाँकी कानुन बनाउने प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई रुलिङ समेत गरेको छ । विधायन व्यवस्थापन समिति अन्तर्गतको गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलपछि सदनले रुलिङ गरेको हो ।

    संघ, प्रदेश र स्थानीय तहले समयमै कानुन नै बनाउन नसकेको उल्लेख छ । संविधान जारी भएको सात वर्ष भइसक्दा पनि त्यसको कार्यान्वयसँग जोडिएका झन्डै चार दर्जन कानुनहरु अझै बन्न नसकेको संसदीय अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

    उक्त प्रतिवेदनमाथि सोमबार राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बन्न बाँकी कानुनहरु छिटो पेश गर्न निर्देशन दिए ।'

    छलफलमा भाग लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कतिपय कानुनहरु निर्माणको क्रममा रहेको जानकारी दिए । 'बन्न बाँकी कानुन छिटो कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,' प्रधानमन्त्री दाहालले भने,' यो प्रतिवेदनले यसले सरकारलाई संविधान अनुसार कानुन बनाउने क्रममा नयाँ शक्ति प्रदान गरेको छ ।'

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट