Sep 19 2024 | २०८१, असोज ३ गते

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • एमालेलाई सरकारमा सहभागी हुन हतार छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

    त्रिशूली । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।  

    images
    images

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले  भने “वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन ।  सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।” उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपाल:सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे । पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उनले दाबी गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट