Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन् ?

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा बोलेर निस्कने क्रममा गाडी नचढ्दै यादवमाथि खुकुरी प्रहार भएको रिपोर्टर्स क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए । 

    images
    images

    “क्लबमा बोलिसकेर बाहिरिनुभएका कांग्रेस सहमहामन्त्री यादवलाई गाडी नचड्दै क्लब अगाडि बाटोमा खुकुरी प्रहार भएछ,” कार्कीले भने, “उहाँमाथि सांघातिक हमला भएको हो । तर, खुकुरी भुत्ते परेछ र टाउकोमा चोट लागेको छ ।”

    प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् ।

    पक्राउ परेका व्यक्ति श्यामबाबु सापकोटा रहेको र उनी नुवाकोटस्थित विदुर नगरपालिका–७ का रहेको खुलेको प्रहरीले जनाएको छ । सापकोटाले आफूलाई सामाजिक अभियान्ता बताउने गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट