Sep 19 2024 | २०८१, असोज ३ गते

माधव नेपालको प्रश्न : सदनबाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराइयो कि गराइएन ?

माधव नेपालको प्रश्न : सदनबाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराइयो कि गराइएन ?

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • माधव नेपालको प्रश्न : सदनबाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराइयो कि गराइएन ?

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा संसद्बाट पारित भएपछि लिखित रूपमा चिठी पठाइयो कि पठाइएन भन्दै प्रश्न गरेका छन् ।

    images
    images

    अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनुपर्ने बताए । 

    “मौखिक रूपमा जानकारी गराएको हो कि हैन ? लिखित रूपमा चिठी पठाउने काम भयो कि भएन ? संसद्बाट नक्सा जारी भएपछि विश्वलाई जानकारी गराउनु पर्दथ्यो । त्यो भयो कि भएन ? लिखित पठायो पठाइएन ? विषय नक्साको मात्र हैन,” उनले बैठकमा भने, “परराष्ट्र मन्त्रालयको ध्यान गएको हो कि होइन ? हाम्रो देशको नक्सा संवेदनशील हो ।”

    उनले विभिन्न देशका राजदूत र सबै देशले भूराजनीतिक संवेदनशीलता बुझ्नुपर्ने बताए । चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि अहिले यस विषयमा चर्को बहस भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट