Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक 

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा अहिले सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ।

    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व परराष्ट्रमन्त्रीहरूसहितको सर्वदलीय बैठक भइरहेको हो।

    सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री समक्ष एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

    नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताए ।

    उनले भने- नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।

    प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट