Sep 19 2024 | २०८१, असोज ३ गते

नेम्वाङकाे जन्मथलाे सुनसानसँगै विरक्त लाग्दाे

नेम्वाङकाे जन्मथलाे सुनसानसँगै विरक्त लाग्दाे

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • नेम्वाङकाे जन्मथलाे  सुनसानसँगै विरक्त लाग्दाे

    इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मंगलबार इलामसहित देश नै शोकमग्न बन्यो । मंगलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।   

    images
    images

    नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, 'हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।' 

    अब फेरि देशले उनीजस्तो अर्को सुवासचन्द्र पाउन मुस्किल हुने उनी बताउँछन् । 'उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ,' श्रेष्ठले भने । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट