Sep 19 2024 | २०८१, असोज ३ गते

८९ सिट भएको कांग्रेस, ३२ सिट भएको माओवादीलाई सरकार दिनुपरेको छ: शेखर कोइराला

८९ सिट भएको कांग्रेस, ३२ सिट भएको माओवादीलाई सरकार दिनुपरेको छ: शेखर कोइराला

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • ८९ सिट भएको कांग्रेस, ३२ सिट भएको माओवादीलाई सरकार दिनुपरेको छ:  शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ८९ सिट जितेर कांग्रेस पहिलो दल बने पनि ३२ सिटमा सीमित माओवादीलाई सकारको नेतृत्व दिनुपरेको बताएका छन् । बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रणालीमै खराबी भएको बताए ।

    images
    images

    “८९ सिट भएको कांग्रेस ३२ सिट भएको माओवादीलाई सरकार दिनुपरेको छ । निर्वाचन प्रणाली नै यस्तो छ, त्यसले कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । मिलिजुली सरकार हुनुपर्छ,” उनले भने, “दुर्भाग्य नेपाली कांग्रेस मात्र डेमोक्रेटिक पार्टी छ । हाम्रो कमीकमजोरीको बाबजुत पनि अन्तर्राष्ट्रिय छवि छ, यो भनेको लोकतान्त्रिक दल भन्नेछ । त्यो छवि बचाउन कस्तो निर्वाचन प्रणाली बनाउन सक्छौँ र त्यो प्रणालीले समावेशिता कसरी बनाउन सकिन्छ, त्यो अन्त्यै जरुरी छ ।” 

    उनले निर्वाचन प्राणालीको विषयमा अध्ययन गर्न सर्कललाई अनुरोध पनि गरे । बीपीले कल्पना गरेको नेपालभन्दा धेरै पर र धेरै खराब अवस्थामा अहिले नेपाल पुगेको भन्दै उनले एक महिनाअघि अमेरिकाले रिपोर्ट निकालेर नेपालमा लगानीको वातावरण भए पनि अस्थिर सरकार, लचिलो नियम कानुन र भ्रष्टाचारको कारण लगानी गर्न नसकिने भनेपछि एफडीआई आउन कठिन भएको जिकिर गरे ।

    कोइरालाले संघले प्रदेशलाई अधिकार दिन नसक्दा संघीय व्यवस्थामा प्रश्न उठेको भन्दै संविधानमा लेखिएको अधिकार संघले प्रदेशलाई दिनुपर्ने धारणा राखे ।

    “संविधानले दिएको अधिकार प्रदेशलाई दिने भए संघीयता चल्छ । तर, हाम्रो सोचाइ, विचार, चिन्तन कस्तो छ भने पावर तल दिनै हुँदैन भन्नेछ,” उनले भने, “पावर नदिएपछि कसरी हुन्छ ? सीडीयो कसको मातहतमा भन्दा अहिले केन्द्रको मातहतमा, पुलिस चिफ केन्द्र मातहतमा । अनि किन मुख्यमन्त्रीको कुरा सुन्ने उनीहरुले ?”

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट