Sep 19 2024 | २०८१, असोज ३ गते

एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी

एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी

    काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले प्रदेशमा जिम्मेवारी तोकेको छ। यसबारे अन्तरपार्टी निर्देशन पठाउँदा नेता तथा कार्यकर्तालाई जानकारी गराएको हाे।

    images
    images

    एकीकृत समाजवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ। सहइन्चार्जमा राजेन्द्र राई र देउमान सम्बाहाम्फे तथा अध्यक्षमा बलदेव चौधरी तोकिएका छन्।

    त्यस्तै, मधेश प्रदेशको इन्चार्जमा धर्मनाथप्रसाद साह, सहइन्चार्जमा रामप्रित पासवान, रत्नेश्वर गोईत र कल्याणी खड्का तथा अध्यक्षमा रामचन्द्र यादव रहेका छन्। बागमती प्रदेशको इन्चार्जमा गंगालाल तुलाधार, सहइन्चार्जमा ललित बस्नेत र अध्यक्षमा सावित्रा भुसाल चयन भएका छन्।

    गण्डकीको इन्चार्जमा तुलबहादुर गुरुङ, सहइन्चार्जमा शारदा सुवेदी र अध्यक्षमा रामजी शर्मा तोकिएका छन्। लुम्बिनी प्रदेश इन्चार्जमा हरि पराजुली, सहइन्चार्जमा निर्मल सुवेदी र अध्यक्षमा सोमप्रसाद पाण्डे रहेका छन्।

    प्रकश ज्वाला कर्णाली प्रदेशको इन्चार्ज बनेका छन्। सहइन्चार्जमा चन्द्रबहादुर शाही, शेरबहादुर केसी र हंशबहादुर शाही तथा अध्यक्षमा अम्मरबहादुर थापा छन्।

    सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाह, सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले मगर र हनुमान चौधरी तथा अध्यक्षमा हर्कबहादुर सिंह तोकिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट