Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो।

    images
    images

    आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ ।

    कांग्रेसले यसअघि गत साउनमा बसेको केन्द्रीय समिति बेठक पनि लाइभ गरेको थियो । ‘हामीले पहिले पनि बैठक लाइभ गरेका थियौं । आजबाट शुरू हुने बैठक पनि लाइभ हुन्छ,’ पौडेलले भने ।  

    आगामी १३ देखि १५ गतेसम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । यसै बैठकको एजेण्डा तय गर्न कांग्रेसको बैठक बस्न लागेको हो । बैठकमा समसामियक राजनीति, सरकारको कार्यसम्पादन, पार्टीका आन्तरिक संरचनासहितका विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट