images

May 17 2024 | २०८१, जेठ ४ गते

अलपत्र बाबुरामको समाजवाद सपना

अलपत्र बाबुरामको समाजवाद सपना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १७ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १७ २०७९
  • अलपत्र बाबुरामको समाजवाद सपना

    समाजवादको बिगुल फुक्दै  माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा सकस बन्दै गएको छ । भट्टराईले पाँच ‘स’ को सपना देखेर एकीकृत माओवादी परित्याग गरेको झण्डै सात वर्ष पुरा भएको छ ।

    images
    images

    संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेको समयमा भट्टराईले २०७२ साल असोज ९ गते माओवादी परित्याग गरेका थिए । उनले तत्कालीन समयमा माओवादी मात्रै त्यागेनन् । तीन दशक लामो सहवास गरेका सहयात्री पुष्प कमल दाहालसँगको यात्रा पनि तोडे । साथै संविधानसभाको सदस्यबाट समेत राजीनामा दिएका थिए ।

    संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान जारी गरेको बताएका उनले पाँच ‘स’ लाई आत्मसात गर्दै एमाओवादी परित्याग गरे थिए ।

    उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवाद आफ्नो आगामी राजनीतिक एजेन्डा हुने बाचा गरेका थिए । त्यसपछि उनले २०७३ साल अर्थात १२ जुन २०१६ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । त्यसपछि नयाँ शक्ति पार्टीको खासै महत्व भएन ।  अर्थात उनको पाँच ‘स’ लाई जनताले पत्याएनन् होला भनौँ । त्यसपछि उनले नयाँ यात्राको खोजी गर्न थाले , उनको त्यो यात्रा मधेशबादी दल रहेको थियो ।

    २०७६ वैशाख २३ गते प्रज्ञाभवन, कमलादीमा आयोजित कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँशक्ति संयोजक डा. बाबुराम भट्टराईले ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी पार्टी एकता घोषणा गरे । भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । त्यो एकताले मात्रै उनको समाजवाद सफल पार्ने सपना पुरा भएन । त्यसपछि  पुन २०७७ वैशाख ११ गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो ।

    यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । यो बीचमा भट्टराई जसपा को संघीय परिषद् अध्यक्षको भूमिकामा  थिए । एकीकरण भएको झण्डै १४ महिनापछि  समाजवादी पार्टी सपा र राष्ट्रिय जनता पार्टी ‘राजपा’  मिलेर गठन भएको जनता समाजवादी पार्टी पनि  विभाजित हुनपुग्यो ।

    यसरी  चोक्टा खान गएको बूढी कुन्नी के भने जस्तो । बाबुरामको राजनीतिक यात्रा चक्रब्यँ को भुमरीमा पारिरह्यो । घर त्यागेर हिँडेका बाबुरामलाई उनले भनेजस्तै समाजवाद निर्माणको बाटो पैल्याउन त्यति सहज वातावरण बनेन । आफूले भनेको जस्तो नभएपछि मूल घर त्यागेर डेरा खोज्ने नेपालको राजनीतिक संस्कार जस्तै बनेको छ । आखिर बाबुरामले के पाए त ? घर छोडे डेरामा बास भयो।

    डेरामा बस्दा कति कठिन हुने रहेछ त्यो भान बल्ल तल्ल बाबुरामले बुझे । सो इच्छाले घरमा लात हानेर हिँडेका उनलाई अहिले घर फर्कन बहानबाजी बनाउनुपरेको छ । डेरा छोड्ने भएपछि घरबेटिले उनलाई सुझाव  दिईसकेका छन्। उनलाई सो इच्छामा डेरा छोडेर जान र  नयाँ गन्तव्य निर्माणका लागि भद्र सहमति जनाइसकेका छन् ।  उक्त भद्र सहमति भएकै भोलि पल्ट अर्थात बिहीबार उनले आफ्ना सहपार्टी मित्र प्रचण्डसँग करिव तिन घण्टा भलाकुसारी गरेका छन् । 

    बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच लामो भेटवार्ता भयो । बुधबार मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गर्ने निर्णयमा पुगेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई निकै अर्थपूर्ण भनिएको छ ।

    भट्टराईनिकट स्रोतले दिएको जानकारीअनुसार उनी माओवादीमा  तत्काल नफर्किने  बताएका छन् । तर उनीसँग विकल्प भने छैन । मंसिरमा  प्रदेशर र प्रतिनिधिसभको निर्वाचनका लागि उनले निकै मेहेन्त गर्नुपर्ने  छ ।

    इज्जतनै फाल्नु गुन्द्रुको झोलमा पनि गर्नु भएन भट्टराईले । जसरी पनि चुनाव जित्नु छ ,उनलाई । त्यसकारण पनि उनलाई सेफल्यान्डिङ चाहिंएको छ । उनको अवको विकल्प पुरानो घर फर्किनु हो । अनि मात्रै पाँच ‘स’ ले सार्थकता पाउला कि । जे होस शुभकामान बाबुराम जी । 

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट