Sep 19 2024 | २०८१, असोज ३ गते

ड्रोन उडाएर एमालेको बागमती प्रदेश अधिवेशन सुरु

ड्रोन उडाएर एमालेको बागमती प्रदेश अधिवेशन सुरु

अधिवेशन उद्घाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो अधिवेशनमा १ हजार ८० जना प्रतिनिधि छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्यीय बन्नेछ ।

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • ड्रोन उडाएर एमालेको बागमती प्रदेश अधिवेशन सुरु

    काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर काठमाडौंमा सुरु भएको छ । रिमोटबाट दियो बालेर कार्यक्रम उद्घाटन गरिएको छ ।

    images
    images

    अधिवेशन उद्घाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो अधिवेशनमा १ हजार ८० जना प्रतिनिधि छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्यीय बन्नेछ ।

    emale ryali.jpg

    अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् । सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ । यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

    यसअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व टुंगो लगाइएको थियो ।

    eamale.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट