Sep 19 2024 | २०८१, असोज ३ गते

अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
  • अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादीं) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

    images
    images

    यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए । पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी र प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।

    मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी यात्रालाई व्यवस्थित बनाउनेछन् । सबै जनवर्गीय सङ्गठनका अध्यक्ष र महासचिवलाई यात्रामा सहभागी हुन अनिवार्य गरिएको छ । काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट