images

Jun 27 2024 | २०८१, असार १३ गते

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
  • एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

    काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । 

    images
    images

    टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५/२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए । 

    दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए । साथै सन्दीप जोरा र कुशल मल्लले समान २९/२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे । 

    भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीनरतीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार