images

Jun 18 2024 | २०८१, असार ४ गते

नेपाली फुटबल टोली स्वदेश फिर्ता

नेपाली फुटबल टोली स्वदेश फिर्ता

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • नेपाली फुटबल टोली स्वदेश फिर्ता

    काठमाडौँ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज बिहीबार स्वदेश फिर्ता भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए ।

    images
    images

    उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठुलो उपलब्धि हो । हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्‍यौँ । हाम्रो नयाँ टिम हो । म मेरो टिमप्रति गर्व गर्छु । हामी अझै धेरै अगाडि जानु छ । हाम्रो टिममा धेरै युवाहरू छन्, उनीहरूले देशको लागि अझै गर्नुछ ।’

    नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए । साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए । 

    अघिल्ला पाँच खेलमा जित र गोलविहीन खेलेको नेपालले हिजो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको थियो । खेल साउदी अरबको दम्माम सहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार