Sep 20 2024 | २०८१, असोज ४ गते

‘मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’

‘मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • ‘मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’

    काठमाडौँ । सांसदहरुले मुलुकको समृद्धिका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको वैठकको विशेष समयमा सांसदहरुले नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राखे । 

    images
    images

    “सबै दलहरु मिलेरै शान्ति प्रक्रियामा आएका हौँ, तर अहिले संविधान कार्यान्वयन, ऐन/कानून बनाउने र देश विकासका विषयमा किन दलहरु एकै ठाउँमा उभिन सक्दैनन् ?”, सांसद जगप्रसाद शर्माले प्रश्न गरे । 

    मुलुकको आर्थिक विकासको निम्ति राजस्व वृद्धि गर्नुपर्ने बताउँदै सांसद शर्माले सरकारले महङ्गी र कालोबजारीको नियन्त्रण गर्नुपर्नेमा जोड दिए । सङ्घीयता, गणतन्त्र, समावेशीता र धर्मनिपेक्षतालगायत प्राप्त उपलब्धिका विरुद्धमा षड्यन्त्रहरु भइरहेको भन्दै उनले त्यसमा सचेत हुनुपर्ने बताए।  उनले बाढी, पहिरो र भूकम्पमा परी वेपत्ता हुनेहरुको खोजी  तथा क्षतिपूर्तिको निम्ति सरकारको ध्यानाकर्षण गराए । 

    सांसद गोपाल भट्टराईले संविधान दिवसका अवसरमा सरकारले माफी दिन नहुनेलाई पनि आममाफी दिएको भन्दै आपत्ति जनाए । सांसद भट्टराईले नेपालीहरुको महान चाड दसैँ अगाडि उपभोग्य सामग्रीमा भएको महङ्गी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । उनले बाढी, पहिरो तथा भूकम्प पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट