Sep 20 2024 | २०८१, असोज ४ गते

कैद माफी पाएका रिगललाई जेल चलान गर्न माग गर्दै माइतीघरमा आन्दोलन

कैद माफी पाएका रिगललाई जेल चलान गर्न माग गर्दै माइतीघरमा आन्दोलन

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २४ २०८०
  • कैद माफी पाएका रिगललाई जेल चलान गर्न माग गर्दै माइतीघरमा आन्दोलन

    काठमाडौँ । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा कैद छुट पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।  बुधवार महिला अधिकारकर्मीहरूले कैद छुट फिर्ता गरी ढकाललाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

    images
    images

    उनलाई कैद मिनाहा दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्‍याली गरेका छन् ।  नेपालगन्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गरेको थियो ।

    रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाऊ आदेश जारी गरिसकेको छ ।

    आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताइन् । त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् । उनले कैद मिनाहा दिने काम फिर्ता गर्नुपर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट