images

Jun 27 2024 | २०८१, असार १३ गते

 यू-१९ प्रिमियर कप : आज बहराइनसँग खेल्दै नेपाल

 यू-१९ प्रिमियर कप : आज बहराइनसँग खेल्दै नेपाल

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  •  यू-१९ प्रिमियर कप : आज बहराइनसँग खेल्दै नेपाल

    काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह ए मा रहेका  नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा हुने खेलमा बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो ।

    images
    images

    बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार