images

Jun 27 2024 | २०८१, असार १३ गते

ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १६ २०८०
  • ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालविरुद्ध ओमानले १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो ।

    images
    images

    उसका लागि जिसान मक्सुदले ३२ तथा प्रतिक श्रीकान्त अथावले २४ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले तीन तथा सोमपाल कामी, सन्दीप लामिछानेले समान २ विकेट लिए । भने अभिनाश बोहराले १ विकेट हात पारे ।

    यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

    प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

    नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार