images

Jun 27 2024 | २०८१, असार १३ गते

यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य 

यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक १७ २०८०
  • यूएईले दियो नेपाललाई १३५ रनको लक्ष्य 

    काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले एक सय ३४ रन बनायो । 

    images
    images

    यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । 

    नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एकरएक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार