images

Jul 27 2024 | २०८१, साउन १२ गते

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ११ २०८०
  • चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु

    चितवन । जिल्लामा पछिल्लो चार महिनामा  सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको  जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा २१ जना पुरुष, दुई जना महिला छन् । 

    images

    कार्यालय प्रमुख  प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन् । जसमध्ये ४७ जना गम्भीर घाइते भएका छन् भने एक सय ८२ जना सामान्य घाइते भएका छन् । 

    जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारीसाधन परेका छन् । सुवेदीका अनुसार जिल्लामा भएका पूर्व–पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीन वटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

    दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुवेदीले बताए । उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आइएको छ । उनले भने, “मुख्य राजमार्गमा जनचेतनामूलक होडिङ् बोर्ड राख्ने काम सुरु गरिएको छ ।” दुर्घटना न्यूनीकरणका लागि आकस्मिक चेकजाँचलाई समेत तीव्र बनाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार