Sep 20 2024 | २०८१, असोज ४ गते

महामन्त्री थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?

महामन्त्री थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
  • महामन्त्री थापाको प्रश्न– हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ?

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताएका छन् । पार्टीका सानेपामा आइतबार आयोजित ‘नेपाल पुकार’को पहिलो अङ्कको लोकार्पण कार्यक्रममा उनले कुशासनका कारण नागरिक आजित भएको बताए ।

    images
    images

    ‘पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ । सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?,’ उनको प्रश्न छ । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरङ्गित भएको महामन्त्री थापाको भनाइ थियो ।

    यस्तै उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘पार्टी फरक आईडी हो भने त्यसअनुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,’ उनले भने । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा लाइब्रेरी बनाउने काम सुरु गरी एक महिनामा सकाइने उनले जानकारी दिए ।

    महासमितिको बैठक अघि प्रदेश र जिल्ला सम्मेलनले गर्दा कार्यतालिका प्रभावित भएको उनले बताए  । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट