Sep 20 2024 | २०८१, असोज ४ गते

देश बनाउन अब एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली

देश बनाउन अब एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २५ २०८०
  • देश बनाउन अब एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली

    काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन् ।

    images
    images

    सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताएका हुन्  । 
    उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी एमालेको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । 

    अध्यक्ष ओलीले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताए । उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै बहुमतसहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पङ्क्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताए ।

    अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गरे । उनले मुलुकमा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट