Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

पूर्वमिस नेपाल शृंखला र सम्भवले कसे लगनगाँठो

पूर्वमिस नेपाल शृंखला र सम्भवले कसे लगनगाँठो

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
  • पूर्वमिस नेपाल शृंखला र सम्भवले कसे लगनगाँठो

    काठमाडौँ । पूर्वमिस नेपाल शृंखला खतिवडाले बिहीबार प्रेमी सम्भव स्वाँर सिरोहियासँग लगनगाँठो बाँधेकी छिन् । काठमाडौँको एक पाँचतारे होटलमा तामझामका साथ शृंखला र सम्भवको विवाह भएको हो ।

    images
    images
    images

    सन् २०१८ की मिस नेपाल श्रृंखला दुई वर्षदेखि सम्भवसँग प्रेम सम्बन्धमा थिइन् । सम्भव सञ्चार उद्यमी कैलाश सिरोहियाका छोरा हुन् भने श्रृंखला पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाकी छोरी हुन् ।

    बेहुलीको रातो पोशाक, शृंगार र दुबोको मालामा श्रृंखला खुलेकी छिन् । सन् २०१८ की मिस नेपाल विजेता श्रृंखला सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा अन्तिम १२ मा पुगेकी थिइन् । त्यसबेला मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । मिस वर्ल्डमा उनले प्रस्तुत गरेको भिडियो डकुमेन्ट्री चर्चित थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट