Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता

कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता

    मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएका छन् । उनले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।  

    images
    images
    images

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ । सोही क्रममा कांग्रेस नेता सिटौलाले  मनोनयनपत्र दर्ता गराएका हुन् । झापाको भद्रपुर नगरपालिका–१० का सिटौलाको प्रस्तावकमा प्रदीपकुमार सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

    यसैगरी नेकपा (माओवादी केन्द्र)बाट चम्पादेवी कार्कीले मनोनयनपत्र दर्ता गराएका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपायिलका–५ की कार्कीको प्रस्तावकमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र समर्थकमा कुमार खत्री रहेका छन् ।

    मनोनयनपत्र दर्ता गर्ने समय आज दिउँसो ३ बजेसम्म रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । 

    ‘सहयोग प्राप्त हुने विश्वास’  

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै उनले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे । 

    पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफुले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले  सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । “गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ”, उनले भने । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार